कर्णाली डेभलपमेण्ट बैङ्क : कम्पनी विश्लेषण (शुक्रवार, ३ भदौ २०७३)

19 Aug,2016
  • karnali_dbl_resize_8_19_2016_12_06_17.jpg

२०७२/७३ आवको असार मसान्तसम्मको वित्तीय विवरणअनुसार खुद नाफा ५ दशमलव ६१ प्रतिशत बढेको छ । अघिल्लो आवमा रहेको रू. ९ लाख २७ हजार खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ ।

आधारभूत विश्लेषण
कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :
- बैङ्कको चौथो त्रैमासमा नाफा ५ दशमलव ६१ प्रतिशत बढेको छ । सञ्चालन नाफा १ दशमलव २१ प्रतिशत बढ्नाले र पुरानो खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल हुनाले खुद नाफा बढेको हो ।

- चुक्तापूँजीको तुलनामा खुद नाफा १३ दशमलव ४० प्रतिशतबाट घटेर १२ दशमलव ७५ प्रतिशतमा सीमित भएको छ ।

- ब्याज आम्दानी ५ दशमलव ६४ प्रतिशत बढेर रू. १३ करोड ९२ लाख र व्याज खर्च ११ दशमलव ६५ प्रतिशत बढेर रू. ८ करोड पुगेको छ ।

- कर्मचारी खर्च ८ दशमलव ३६ प्रतिशत, अन्य सञ्चालन खर्च ३ दशमलव ९० प्रतिशत र कुल सञ्चालन नाफा २ दशमलव ६४ प्रतिशत बढेको छ ।

- पूँजीकोष लागत ५ दशमलव २ प्रतिशत र पूँजीकोष पर्याप्तता १३ प्रतिशत रहेको छ ।

- निष्क्रिय कर्जा ३ दशमलव ११ प्रतिशत र सीडी रेशियो ४६ दशमलव ९५ प्रतिशत रहेको छ । राष्ट्र बैङ्कको प्रावधानअनुसार बैङ्कले थप कर्जा प्रवाह गर्न सक्ने देखिन्छ ।

- बैङ्कको चौथो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात ५३ गुणा, प्रतिशेयर आम्दानी रू. १४ दशमलव १६ र मूल्य आम्दानी अनुपात २० गुणा छ ।

Post Your Comment