Market Closed

कर्णाली डेभलपमेन्टको हकप्रद भर्ने समय १५ दिन थप, अब चैत १ गतेसम्म म्याद

28 Feb,2018
  • karnali_2_28_2018_11_02_40.jpg
नेपाली पैसा 
 
काठमाडौं ः कर्णाली डेभलपमेन्ट बैंकले २२५% हकप्रद भर्ने म्याद थप गरेको छ । यस बैंकले १५ दिन समय थप्दै हकप्रद भर्ने म्याद चैत १ गतेसम्म पुर्याएको छ । यसअघि बैंकले माघ ११ गतेदेखि बुधबार (फागुन १६ गते) सम्मको समयसिमा निर्धाण गरेर १ः२.२५ अनुपातमा ३३ लाख ९७ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । तर अब समय बढाइएकाले लगानीकर्ताले कर्णालीको हकप्रद चैत १ गतेसम्म भर्न सक्नेछन् ।  १०० रुपैयाँ अंकित मूल्यको यो हकप्रद सेयरमा पुस १९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौं तथा कर्णाली डेभलपमेन्ट बैंकको नेपालगञ्ज, बाँके तथा यसका अन्य शाखाबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, प्रभु बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल र धनगढी शाखा तथा आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन मिल्छ । हाल बैंकको चुक्ता पुँजी १५ करोड १० लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि भने कर्णालीको चुक्ता पुँजी ४९ करोड ७ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।
 

Post Your Comment