कर्णाली डेभलपमेन्ट बैंकको २२५% हकप्रद भर्न पनि ५ दिन मात्र समय

09 Mar,2018
  • karnali_2_28__3_9_2018_6_01_59.jpg
नेपाली पैसा 
 
काठमाडौं : कर्णाली डेभलपमेन्ट बैंकको २२५% हकप्रद भर्न पनि अब ५ कार्य दिन मात्र बाँकी रहेको छ । चैत १ गते कार्यालयसमयम सम्म मात्र यो हकप्रदमा आवेदन दिन सकिनेछ । बैंकले माघ ११ गतेदेखि चैत १ गतेसम्मको समयसिमा निर्धाण गरेर १ः२.२५ अनुपातमा ३३ लाख ९७ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । १०० रुपैयाँ अंकित मूल्यको यो हकप्रद सेयरमा पुस १९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौं तथा कर्णाली डेभलपमेन्ट बैंकको नेपालगञ्ज, बाँके तथा यसका अन्य शाखाबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, प्रभु बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल र धनगढी शाखा तथा आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन मिल्छ । हाल बैंकको चुक्ता पुँजी १५ करोड १० लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि भने कर्णालीको चुक्ता पुँजी ४९ करोड ७ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।
 

Post Your Comment