कर्णाली डेभलपमेन्ट बैंकको २२५% हकप्रद भर्ने आज अन्तिम मौका

15 Mar,2018
  • karnali_2_28___3_15_2018_10_36_36.jpg
नेपाली पैसा 
 
काठमाडौं : कर्णाली डेभलपमेन्ट बैंकको २२५% हकप्रद भर्ने बिहीबार (चैत १ गते) अन्तिम दिन हो । बिहीबार कार्यालय समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन सकिनेछ । बैंकले माघ ११ गतेदेखि १ः२.२५ अनुपातमा ३३ लाख ९७ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

१०० रुपैयाँ अंकित मूल्यको यस हकप्रद सेयरमा पुस १९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौं तथा कर्णाली डेभलपमेन्ट बैंकको नेपालगञ्ज, बाँके सहित यसका अन्य शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

त्यसैगरी, प्रभु बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी शाखा तथा आस्वामा सहभागी वित्तीय संस्थाबाट पनि सेयर भर्न मिल्नेछ । हाल यस बैंकको चुक्ता पुँजी १५ करोड १० लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि भने कर्णालीको चुक्ता पुँजी ४९ करोड ७ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।
 

Post Your Comment