Market Closed

कर्णालीको १७ लाख ६२ हजार कित्ता लिलामी खुल्दै, २२५% हकप्रद बाँडफाँट

24 Apr,2018
  • karnali_2_28___3_15_4_24_2018_5_46_06.jpg
नेपाली पैसा 
 
काठमाडौं : कर्णाली डेभलपमेन्ट बैंकको २२५% हकप्रद सेयर बाँडफाँट भएको छ । बैंकले ३३ लाख ९७ हजार ५०० कित्ता सेयर बिक्री खुला गरेकोमा १६ लाख ३५ हजार ३१२ कित्ताका लागि मात्र आवेदन परेको छ । यसआधारमा १७ लाख ६२ हजार १८८ कित्ता हकप्रद बिक्री हुन सकेन । 
 
बिक्री नभएको सेयर कर्णालीले अब लिलामीमा ल्याउनेछ । यस हकप्रदमा ११ हजार ७१३ जनाले आवेदन दिएका थिए । बैंकले माघ ११ गतेदेखि चैत १ गतेसम्म १ः२.२५ अनुपातमा ३३ लाख ९७ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

हाल यस बैंकको चुक्ता पुँजी १५ करोड १० लाख रुपैयाँ छ । बाँकी रहेको सेयर लिलामीमा बिक्रीपछि चुक्ता पुँजी ४९ करोड ७ लाख ५० हजार रुपैयाँ पुग्नेछ । 
 
 
 
 
 

Post Your Comment