कर्णालीको वैशाख ३१ देखि १७ लाख ६२ हजार कित्ता सेयर लिलामीमा, उपत्यकाबाहिर पनि सुविधा

06 May,2018
  • karnali_2_28___5_6_2018_11_21_00.jpg
नेपाली पैसा 
 
काठमाडौं : कर्णाली डेभलपमेन्ट बैंकले वैशाख ३१ गते देखि १७ लाख ६२ हजार १८८ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । संस्थापक समूहको १४ लाख ६१ हजार २७० कित्ता र सर्वसाधारण तर्फको ३ लाख ९१८ कित्ता सेयर लिलामीमा बेच्न लागिएको हो । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । आवेदन दिने अन्तिम म्याद जेठ ७ गतेसम्म छ । 
 
बैंकले यसअघि माघ ११ गतेदेखि चैत १ गतेसम्म १ः२.२५ अनुपातमा ३३ लाख ९७ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा ११ हजार ७१३ जना आवेदकबाट १६ लाख ३५ हजार ३१२ कित्ताका लागि मात्र आवेदन परेको थियो । समयभित्र आवश्यकता अनुसार सबै हकप्रद नबिकेपछि बाँकी रहेका सेयर अहिले लिलामी प्रक्रियाबाट बेच्न लागिएको हो ।
 
बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, काठमाडौं तथा कर्णाली डेभलपमेन्टको नेपालगञ्ज बाँके सहित अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, प्रभु बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नारायणगढ, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि लिलामी भर्न सकिनेछ ।

हाल यस बैंकको चुक्ता पुँजी १५ करोड १० लाख रुपैयाँ छ । बाँकी रहेको सेयर लिलामीमा बिक्रीपछि चुक्ता पुँजी ४९ करोड ७ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।  
 

Post Your Comment