Market Closed

कर्णालीको १७ लाख ६२ हजार कित्ता सेयर लिलामी खुल्यो, कति छ बजार भाउ ?

14 May,2018
  • karnali_2_28____5_14_2018_10_52_42.jpg
नेपाली पैसा
 
काठमाडौं : कर्णाली डेभलपमेन्ट बैंकले सोमबार (वैशाख ३१ गते) देखि १७ लाख ६२ हजार १८८ कित्ता सेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समूहको १४ लाख ६१ हजार २७० कित्ता र सर्वसाधारण तर्फको ३ लाख ९१८ कित्ता सेयर लिलामीमा बेच्न लागेको हो । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ ।

नेप्सेमा कर्णालीको गत बिहीबारको अन्तिम बजार भाउ प्रतिकित्ता ११५ रुपैयाँ छ । लिलामीको बोलपत्र पेश गर्ने अन्तिम म्याद जेठ ७ गते तोकिएको छ । बैंकले यसअघि माघ ११ गतेदेखि चैत १ गतेसम्म १ः२.२५ अनुपातमा ३३ लाख ९७ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा ११ हजार ७१३ जना आवेदकबाट १६ लाख ३५ हजार ३१२ कित्ताका लागि मात्र आवेदन परेको थियो ।

समयभित्र आवश्यकता अनुसार सबै हकप्रद नबिकेपछि बाँकी रहेका सेयर अहिले लिलामी प्रक्रियाबाट बेच्न लागिएको हो । बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, काठमाडौं तथा कर्णाली डेभलपमेन्टको नेपालगञ्ज बाँके सहित अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

त्यसैगरी, प्रभु बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नारायणगढ, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि लिलामी भर्न सकिनेछ ।
 

Post Your Comment