कर्णालीले लगानी गर्न सकेन, खुद नाफा ६८.५७% घट्दा प्रतिसेयर आम्दानी ७९ पैसा

17 May,2018
  • Karnali_Development_bank_5_17_2018_2_43_57.jpg
नेपाली पैसा
 
काठमाडौं : कर्णाली डेभलपमेन्ट बैंकको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ६८.५७% ले घटेको छ । गत वर्षको यसै अवधिमा ३८ लाख ३ हजार रुपैयाँ रहेको खुद नाफा घटेर ११ लाख ९५ हजार रुपैयाँमा सीमित भएको हो । बैंकको खुद ब्याज आम्दानी ५.१७% बढे पनि सञ्चालन नाफामा ६८.५७% नै गिरावट आएपछि खुद नफा घटेको हो ।
 
यो त्रैमाससम्म खुद ब्याज आम्दानी ४ करोड ४१ लाख ५९ हजार रुपैयाँ र सञ्चालन नाफा १८ लाख ७८ हजार रुपैयाँ रहेको छ । बैंकले निक्षेपको तुलनामा कर्जा लगानी गर्न सकेको छैन । यो अवधिमा २ अर्ब १२ करोड ९६ लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १४ करोड ११ लाख ८७ हजार रुपैयाँ मात्र कर्जा लगानी गरेको छ । यसको सीसीडी रेसियो पनि ५०.४४% मात्र छ ।
 
यता, चुक्ता पुँजी गत वर्षको जस्तै अहिले पनि १५ करोड १० लाख नै रहेको छ । तर कर्णालीले हालै बिक्री गरेको २२५% हकप्रद भने तेस्रो त्रैमासमा पुँजीकृत गरेको छैन । यो हकप्रद पनि पुँजीकृत गरेपछि चुक्ता पुँजी ४७ करोड ७ लाख ५० हजार रुपैयाँ पुग्नेछ । रिजर्भ कोषमा जम्मा ४ करोड ६९ लाख २७ हजार रुपैयाँ रहेको छ । कर्णालीको प्रतिसेयर आम्दानी ७९ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ८ पैसा छ ।

कर्णालीको वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Post Your Comment