कर्णालीको १७ लाख ६२ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम मौका

21 May,2018
  • Karnali_Development_ba_5_21_2018_9_57_03.jpg
नेपाली पैसा 
 
काठमाडौं : कर्णाली डेभलपमेन्ट बैंकको १७ लाख ६२ हजार १८८ कित्ता सेयर लिलामी भर्ने सोमबार (जेठ ७ गते) अन्तिम दिन हो । बैंकले वैशाख ३१ गतेदेखि संस्थापक समूहको १४ लाख ६१ हजार २७० कित्ता र सर्वसाधारण तर्फको ३ लाख ९१८ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ ।
 
कर्णालीले यसअघि माघ ११ गतेदेखि चैत १ गतेसम्म ३३ लाख ९७ हजार ५०० कित्ता (२२५%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा ११ हजार ७१३ जना आवेदकबाट १६ लाख ३५ हजार ३१२ कित्ताका लागि मात्र आवेदन परेको थियो । निर्धारित समय भित्र आवश्यकता अनुसार सबै हकप्रद नबिकेपछि बाँकी रहेको सेयर लिलामी प्रक्रियाबाट बिक्री खुला गरिएको हो । 

यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, काठमाडौं, कर्णाली डेभलपमेन्ट बैंकको नेपालगञ्ज कार्यालय सहित अधिकांश शाखाबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, प्रभु बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नारायणगढ, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि लिलामी भर्न पाइनेछ ।

हाल यस बैंकको चुक्ता पुँजी १५ करोड १० लाख रुपैयाँ छ । सम्पूर्ण लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी ४९ करोड ७ लाख ५० हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासम कर्णालीले ११ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
 
 

Post Your Comment