कर्णालीको लिलामीमा १०० रुपैयाँ कबोल गर्नेले पनि पाए सेयर, अझै ७ लाख कित्ता बिकेन

28 May,2018
  • Karnali_Development_b_5_28_2018_5_47_27.jpg
नेपाली पैसा 
 
काठमाडौं : कर्णाली डेभलपमेन्ट बैंकको लिलामीमा न्यूनतम १०० रुपैयाँ (कट अफ प्राइस) सम्म बोलपत्र पेश गर्ने सबै आवेदकले सेयर पाउने भएका छन् । बैंकले न्यूनतम १०० रुपैयाँ नै भाउ राखेर लिलामी खुला गरेको हो । बिक्री प्रबन्धक प्रभु क्यापिटलका मार्केटिङ प्रमुख बासु थपलियाले न्यूनतम १०० रुपैयाँदेखि माथि भाउ राखेर बोलपत्र भर्ने सबैले सेयर पाउने जानकारी दिए ।

यो लिलामीमा अधिकतम १२५ रुपैयाँसम्म भाउ राखेर बोलपत्र पेस गर्ने लगानीकर्ता पनि भेटिएका छन् । यसमा १६५ जनाले आवेदन दिएका हुन् । यता, संस्थापक सेयरमा भने १०१ रुपैयाँ (कट अफ प्राइस) सम्म बोलपत्र पेस गर्नेले सेयर पाउने भएका छन् । संस्थापकतर्फ अधिकतम १०२ रुपैयाँसम्म भाउ राखेर बोलपत्र पेश भएको छ । यसमा १० जना संस्थापक सेयरधनीले आवेदन दिएका थिए । 
 
अझै ७ लाख ६ हजार कित्ता सेयर बिकेन
 
यसैबीच कर्णालीले बिक्री खुला गरेको १७ लाख ६२ हजार १८८ कित्तामध्ये अझै ७ लाख ६ हजार कित्ता सेयरमा आवेदन नपरेको बिक्री प्रबन्धकले जानकारी दिएको छ । सर्वसाधारण समूहको १ लाख ८३ हजार कित्ता र संस्थापक समूहको ५ लाख २३ हजार कित्ता सेयरमा आवेदन नपरेको प्रभु क्यापिटलका मार्केटिङ प्रमुख बासु थपलियाल बासु थपलियाले नेपाली पैसालाई बताए । 

कर्णाली विकास बैकले वैशाख ३१ ग्देखि जेठ ७ गतेसम्म संस्थापक समूहको १४ लाख ६१ हजार २७० कित्ता र सर्वसाधारण तर्फको ३ लाख ९१८ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । कर्णालीले यसअघि माघ ११ गतेदेखि चैत १ गतेसम्म ३३ लाख ९७ हजार ५०० कित्ता २२५% हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
 
हाल यस बैंकको चुक्ता पुँजी १५ करोड १० लाख रुपैयाँ छ । सम्पूर्ण लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी ४९ करोड ७ लाख ५० हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासम कर्णालीले ११ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
 
 

Post Your Comment