कर्णाली डेभलपमेन्ट बैंकको विशेष साधारण सभा जेठ ३१ मा, के छ त एजेन्डा ?

29 May,2018
  • Karnali_Development_bank_5_29_2018_12_50_52.jpg
नेपाली पैसा
 
काठमाडौं : कर्णाली डेभलपमेन्ट बैंकको विशेष साधारण सभा जेठ ३१ मा हुने भएको छ । सभामा बैंकले अर्को वार्षिक साधारण सभा नभएसम्मका लागि संस्थापक समूहबाट सञ्चालक चयन गर्ने प्रस्ताव पेश गर्दैछ । त्यस्तै, सभामा अन्य विभिन्न प्रस्तावहरु पनि पेश हुने जनाइएको छ । सभा स्वस्तिक कटेज, सुर्खेतरोड नेपालगञ्जमा दिनको २ बजे सुरु हुनेछ ।
 
सभा प्रयोजनको लागि कर्णालीले जेठ २१ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस बैंकको चुक्ता पुँजी १५ करोड १० लाख रुपैयाँ छ । बैंकले हालै बिक्री गरेको हकप्रद र लिलामी सेयरपछि भने चुक्ता पुँजी ४९ करोड ७ लाख ५० हजार रुपैयाँ पुग्नेछ । 

Post Your Comment