Market Closed

कामना सेवाको खुद नाफा ३६.१७% ले बढ्यो, महत्वपूर्ण सूचकहरु यस्ता छन्

07 Nov,2018
  • kamana_sewa_7_16_8_2_2018_1_49_38.jpg
नेपाली पैसा 
 
काठमाडौं : कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ३६.१७% धेरै हो । गत वर्ष बैंकले २० लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले खुद ब्याज आम्दानी पनि ४५.०३% ले बढाएर १३ करोड ९८ लाख ९४ हजार रुपैयाँ पुर्याएको छ ।

गत वर्ष कामना सेवाले ९ करोड ६४ लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यो त्रैमास सम्ममा बैंकले ४४ लाख २६ हजार रुपैयाँ सञ्चालन नाफा गर्न सफल भएको छ । गत वर्ष कामना सेवा ६ लाख ९० हजार सञ्चालन घाटामा रहेको थियो । 
 
यो त्रैमाससम्ममा १५ अर्ब ९७ करोड ४५ लाख १० हजार रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब १८ करोड ४१ लाख १५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

रिजर्भ कोषमा भने ७१ करोड ९४ लाख रुपैयाँ छ । खराब कर्जा पनि घटाएर १.७१% मा सीमित गरिदिएको छ । गत वर्ष खराब कर्जा २.११% रहेको थियो । प्रतिसेयर आम्दानी ४५ पैसा (वार्षिक) रहेको कामना सेवाको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ १२ पैसा छ । 

कामना सेवाको वित्तीय अवस्था हेर्न यस लिंकमा क्लिक गर्नुहोस्
 

Post Your Comment