लुम्बिनी विकास बैंकको ६ लाख कित्ता सेयर लिलामी भर्ने आइतबार अन्तिम दिन

20 Apr,2018
  • lumbini_bikas_2_28_4__4_20_2018_4_05_20.jpg
नेपाली पैसा 
 
काठमाडौं : लुम्बिनी विकास बैंकको ६ लाख १ हजार ३२५.४७ कित्ता सेयर लिलामी भर्ने आइतबार (वैशाख ९ गते) अन्तिम दिन हो । लुम्बिनीले वैशाख २ गतेदेखि संस्थापक समूहको ३ लाख ७९ हजार ३३६.४४ कित्ता र सर्वसाधारण समूहको २ लाख २१ हजार ९८९.०३ कित्ता सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । 
 
यसअघि बैंकले माघ ११ देखि फागुन २३ गतेसम्म २० लाख ८ हजार ८७८.४७ कित्ता (१०%) हकप्रद सेयर बिक्री खुला गरेको हो । जसमा १८ हजार ७९२ जनाले १४ लाख ७ हजार ५५३ कित्ताका लागि मात्र आवेदन दिएका थिए । बिक्न बाँकी रहेको सेयर लिलामीमा बिक्री खुला गरिएको हो । 
 
बिक्री प्रबन्धक भिबोर क्यापिटल कृष्णगल्ली, ललितपुर र लुम्बिनी विकास बैंकको केन्द्रीय कार्यालय डिल्लीबजारबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, लुम्बिनी विकास बैंकको उपत्यका भित्रका त्रिपुरेश्वर, कान्तिपथ, न्यूरोड, ठमेल तथा उपत्यका बाहिर पोखराको न्यूरोड र महेन्द्रपुल, विराटनगर, वीरगञ्ज र नारायणगढबाट पनि बोलपत्र भर्न मिल्नेछ ।

यसैगरी, भैरहवा, बुटवल, नेपालगञ्ज, जनकपुर र बनेपा शाखाबाट समेत लिलामी फारम बुझाउन पाइनेछ ।  राष्ट्र बैंकले तोकेको २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने अभियानमा रहेको यस बैंकको हाल चुक्ता पुँजी २ अर्ब ८८ लाख ७८ हजार रुपैयाँ छ ।  लिलामी सेयर बिक्री गरेपछि चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख ६६ हजार ३१५ रुपैयाँ हुनेछ ।

राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन बैंकले २९ करोड रुपैयाँ बराबरको बोनस वितरण गर्नुपर्ने देखिन्छ । लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनी र भिबोर सोसाइटी डेभलपमेन्ट बैंक मर्ज भएर लुम्बिनी विकास बैंक बनेको हो ।
 

Post Your Comment