लुम्बिनीले जेठ २५ देखि ३ लाख ६४ हजार कित्ता संस्थापक सेयर लिलामी गर्दै, सर्वसाधारणलाई पनि मौका

01 Jun,2018
  • Auction_6_1_2018_10_20_00.jpg
नेपाली पैसा
 
काठमाडौं : लुम्बिनी विकास बैंकले जेठ २५ गतेदेखि ३ लाख ६४ हजार ८३६.४४ कित्ता संस्थापक सेयर फेरि लिलामीमा ल्याउने भएको छ । बैंकले यसअघि वैशाख २ देखि ९ गतेसम्म पनि ३ लाख ७९ हजार ८३६ कित्ता संस्थापक सेयर लिलामी गरेको थियो । तर त्यस अवधिमा संस्थापक समूहबाट सबै सेयरका लागि आवेदन नपरेपछि फेरि लिलामी गर्न लागेको हो । यसपटक भने यो संस्थापक सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् ।
 
लिलामी भर्ने अन्तिम समय असार ८ गते तोकिएको छ । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक भिबोर क्यापिटल ट्रेड टावर थापाथली, काठमाडौंबाट बोलपत्र फारम भर्न र बुझाउन सक्नेछन् । 

Post Your Comment