Market Closed

लुम्बिनी विकास बैंकको सीइओ भए नरेश सिंह बोहरा

07 Jun,2018
  • lumbini_bikas_2_28_4_6_2018_10_55_50_6_7_2018_11_20_50.jpg
नेपाली पैसा
 
काठमाडौं : लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा नरेश सिंह बोहरा नियुक्त भएका छन् । यसअघि सीइओ झलक प्रसाद खनालले पदबाट राजीनामा दिएका थिए । खनालको राजीनामापछि नायव सीइओ उमेश रेग्मीले कायम मुकायम सीइओ भएर काम गर्दै आएका थिए ।
 
हालैमात्र लुम्बिनीको सञ्चालक समिति अध्यक्षमा पनि फेरबदल भएको छ । अहिले बैंकको सञ्चालक समिति अध्यक्ष अशोक राज पाण्डे रहेका छन् । अध्यक्ष पदबाट सुशिल राज पराजुलीले राजीनामा दिएपछि पाण्डे नियुक्त भएका हुन् ।

Post Your Comment