Market Closed

लुम्बिनीको शुक्रबारदेखि ३ लाख ६४ हजार कित्ता सेयर लिलामी खुल्दै

07 Jun,2018
  • lumbini_bikas_2_28_4_6_7_2018_4_42_19.jpg
 नेपाली पैसा 
 
काठमाडौं : लुम्बिनी विकास बैंकले शुक्रबार (जेठ २५ गते) देखि ३ लाख ६४ हजार ८३६.४४ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्दैछ । बैंकले यसअघि वैशाख २ देखि ९ गतेसम्म पनि ३ लाख ७९ हजार ८३६ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको थियो । तर, त्यस अवधिमा संस्थापक समूहबाट सबै सेयरका लागि आवेदन नपरेपछि फेरि लिलामी गर्न लागेको हो ।

यसपटक भने यो संस्थापक सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् ।लिलामी भर्ने अन्तिम समय असार ८ गतेसम्म छ । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ ।

न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक भिबोर क्यापिटल ट्रेड टावर थापाथली, काठमाडौंबाट बोलपत्र फारम भर्न र बुझाउन सक्नेछन् ।
 
हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब १४ करोड ९६ लाख ३४ हजार रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख ६६ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षका तेस्रो त्रैमासमा यस बैंकले १८ करोड ४४ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४४ पैसा (वार्षिक) रहेको लुम्बिनीको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ६१ पैसा छ । 
 

Post Your Comment