लुम्बिनीको ३ लाख ६४ हजार कित्ता संस्थापक सेयर लिलामी खुला, सर्वसाधारणले पनि भर्न पाउने

08 Jun,2018
  • lumbini_bikas_2_28_4_6_2018_10_55_50_6_8_2018_10_34_57.jpg
नेपाली पैसा
 
काठमाडौं : लुम्बिनी विकास बैंकले शुक्रबार (जेठ २५ गते) देखि ३ लाख ६४ हजार ८३६.४४ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ । बैंकले यसअघि वैशाख २ देखि ९ गतेसम्म पनि ३ लाख ७९ हजार ८३६ कित्ता संस्थापक सेयर लिलामी गरेको थियो । तर त्यस अवधिमा संस्थापक समूहबाट आवेदन नपरेपछि फेरि लिलामी गर्न लागेको हो । यसपटक भने यो संस्थापक सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् ।
 
लिलामी भर्ने अन्तिम समय असार ८ गते तोकिएको छ । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक भिबोर क्यापिटल ट्रेड टावर थापाथली, काठमाडौंबाट बोलपत्र फारम भर्न र बुझाउन सक्नेछन् ।
 
लुम्बिनीको लिलामीमा सेयर बिक्रीपछि चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख ६६ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस बैंकले १८ करोड ४४ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४४ पैसा (वार्षिक) रहेको लुम्बिनीको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ६१ पैसा छ ।

Post Your Comment