Market Closed

लुम्बिनीमा चमक, खुद नाफा ७१.८०% ले बढाउँदा रिजर्भ र प्रतिसेयर आम्दानी कति ?

13 Aug,2019
  • lumbini_bikas_jpj_8_13_2019_8_47_25.jpg
नेपाली पैसा 

काठमाडौं लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०७५÷७६ को चौथो त्रैमासमा ५५ करोड ८३ लाख ८१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले अघिल्लो वर्षको तुलनामा ७१.८०% ले नाफा बढाएको हो । अघिल्लो वर्ष बैंकले ३२ करोड ४४ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आकर्षक सुधार गरेकाले खुद मुनाफामा आकर्षक बढोत्तरी गर्न सकेको हो ।  बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ४१.९७% र ६६.६८% ले वृद्धि भएको हो । यस्तै बैंकको वितरण योग्य नाफा पनि २८ करोड ५१ लाख ९ हजार रुपैयाँ छ ।

लुम्बिनीको चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख ६६ हजार रुपैयाँ रहेको छ । बैंकको आज (साउन २८ गते) हुने सभाले १७.०७% बोनस सेयर दिने प्रस्ताव पारित गर्दैछ । बोनस वितरण पछि भने यसको चुक्ता पुँजी २ अर्ब ५८ करोड पुग्नेछ । लुम्बिनीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ०६ पैसा छ ।

Post Your Comment