Market Closed

लुम्बिनी विकास बैंकको एजीएम आज, १७.०७% बोनस मुख्य प्रस्ताव

13 Aug,2019
  • lumbini_bikas_jpj_8_13_2019_9_47_42.jpg
नेपाली पैसा 

काठमाडौं : लुम्बिनी विकास बैंकको साधारण सभा आज (साउन २८) अमृतभोग कालिकास्थान काठमाडौंमा, बिहान ११ बजेबाट सुरु हुँदैछ । सभामा बैंकले १७.०७% बोनस सेयर वितरण गर्ने बिशेष प्रस्ताव पेश गर्दैछ । बैंकले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट लगानीकर्तालाई यो बोनस सेयर दिन लागेको हो । नियामक केन्द्रीय बैंकले लुम्बिनीको बोनस सेयर स्वीकृत गरिसकेको छ । 
 
बैंकले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अर्को प्रस्ताव पनि पेश गर्दैछ । आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश हुनेछ । आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ ।
 
अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । यसआधारमा लुम्बिनी पनि मर्ज जान वा एक्वायर गर्न तयार देखिएको छ । सभा प्रयोजनका लागि बैंकले साउन २२ गतेदेखि मंगलबार (साउन २८ गते) सम्म बुक क्लोज गरेको छ ।
 
साउन २१ गतेसम्म कायम सेयधनीले मात्र बोनस पाउनेछन् । हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख रुपैयाँ पुग्नेछ ।

लुम्बिनीको साधारण सभा सम्बन्धी जानकारी यहाँबाट लिनुहोस् । 
 

Post Your Comment