Market Closed

लक्ष्मी बैंकको १०.५३% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, मंसिर २८ मा एजीएम

26 Nov,2017
  • Laxmi-bank-Ltd_11_26_2017_10_53_17.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी बैंकको १०.५३% लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन हो । बैंकले मंसिर २८ गते हुने वार्षिक साधारण सभामा १०% बोनस र कर तिर्न ०.५३% नगद लाभांश दिने प्रस्ताव गर्न लागेको छ । यसका लागि बैंकले सोमबार बुक क्लोज गर्नेछ । बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् । नयाँ लगानीकर्ताले लाभांश सुरक्षित गर्न आइतबार नै लक्ष्मीको सेयर किनेर सेयरधनी बनिसक्नुपर्नेछ । साधारण सभामा लक्ष्मी बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्था मर्ज वा एक्विजिसनमा जाने भएमा आवश्यक प्रकृया पुरा गर्न सञ्चालक समितिलाई दिइएको अख्तियारीलाई निरन्तरता दिने प्रस्ताव पनि सभामा पेस हुने भएको छ । साधारण सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा मंसिर २८ गते दिउँसो २ बजे सुरु हुनेछ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड ९ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । लक्ष्मीले १०% बोनस सेयरलाई पनि पहिलो त्रैमासमा पुँजीकृत गरेर चुक्ता पुँजी ८ अर्ब २१ करोड ९६ लाख ५३ हजार रुपैयाँ पुगेको रिपोर्ट सार्वजनिक गरेको छ । यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ छ ।

Post Your Comment