Market Closed

लक्ष्मी बैंकको १०% बोनस सेयरपछि कति रुपैयाँमा भयो मूल्य समायोजन ?

27 Nov,2017
  • Laxmi-bank-Ltd_11_27_2017_10_59_47.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी बैंकको १०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि बैंकको सेयर मूल्य प्रतिकित्ता २७६ रुपैयाँ तोकिएको छ । यसआधारमा, सोमबार बैंकको पहिलो कारोबार २७६ रुपैयाँलाई आधार मोनर खुलेको हो । लक्ष्मीको औसत आधार मूल्य भने ३५६ रुपैयाँ हो । बैंकले मंसिर २८ गते वार्षिक साधारण सभा गर्न सोमबार बुक क्लाज गरेको हो । बैंकले सभामा चुक्ता पुँजीको १०% बोनस सेयर र कर तिर्न ०.५३% नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ । यसका साथै लक्ष्मी बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्था मर्ज वा एक्विजिसनमा जाने भएमा आवश्यक प्रकृया पुरा गर्न सञ्चालक समितिलाई दिएको अख्तियारीलाई निरन्तरता दिने प्रस्ताव पनि पेस हुनेछ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड ९ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । लक्ष्मीले १०% बोनस सेयरलाई पनि पहिलो त्रैमासमा पुँजीकृत गरेर चुक्ता पुँजी ८ अर्ब २१ करोड ९६ लाख ५३ हजार रुपैयाँ पुगेको रिपोर्ट सार्वजनिक गरेको छ । यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ छ ।

Post Your Comment