लक्ष्मी बैंकको साधारण सभा आज, यस्ता छन् एजेन्डा

14 Dec,2017
  • Laxmi-bank-Ltd_12_14_2017_10_40_59.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी बैंकको साधारण सभा आज (मंसिर २८ गते) बस्दैछ । सभामा बैंकले १०% बोनस र कर तिर्न ०.५३% नगद लाभांश दिने प्रस्ताव गर्नेछ । लक्ष्मी बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्था मर्ज वा एक्विजिसनमा जाने भएमा आवश्यक प्रकृया पुरा गर्न सञ्चालक समितिलाई दिइएको अख्तियारीलाई निरन्तरता दिने प्रस्ताव पनि सभामा पेस हुनेछ । साधारण सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे सुरु हुनेछ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड ९ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । लक्ष्मीले १०% बोनस सेयरलाई पनि पहिलो त्रैमासमा पुँजीकृत गरेर चुक्ता पुँजी ८ अर्ब २१ करोड ९६ लाख ५३ हजार रुपैयाँ पुगेको रिपोर्ट सार्वजनिक गरेको छ । यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ छ ।

Post Your Comment