Market Closed

लक्ष्मी बैंकको प्रगति मध्यम, खुद नाफा २७.७७% ले बढ्दा प्रतिसेयर आम्दानी कति ?

23 Jan,2018
  • Laxmi-bank-Ltd_1_23_2018_10_28_43.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी बैंकले पनि चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा केही सन्तोषजनक रिजल्ट दिने प्रयास गरेको छ । बैंकले यो त्रैमासमा ५१ करोड ९२ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको रिपार्ट सार्वजनिक गरेको छ । यो नाफा रकम गत वर्षको दोस्रो त्रैमासको भन्दा २७.७७% ले धेरै हो । गत वर्ष  लक्ष्मीले ४० करोड ६३ लाख ९३ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । यता, बैंकको खुद ब्याज आम्दानीमा पनि २८.७६% ले बढोत्तरी भएर ९९ करोड ९८ लाख ७१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले ७७ करोड ६५ लाख १६ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । निक्षेप ५५ अर्बबाट बढोत्तरी गरेर ६० अर्ब २७ करोड ९३ लाख ९२ हजार रुपैयाँ पुर्याएको बैंकले ५५ अर्ब २ करोड २७ लाख १६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
 
लक्ष्मीको चुक्ता पुँजी ८ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ छ । यसको रिजर्भमा भने १ अर्ब ८८ करोड ६१ लख ४६ हजार रुपैयाँ मात्र रहेको छ । चुक्ता पुँजीको आधारमा बैंकलाई रिजर्भ कोष बढाउनुपर्ने चुनौति रहेको देखिन्छ । गत वर्ष बैंकको चुक्ता पुँजी ३ अर्ब ३९ करोड २ लाख २९ हजार रुपैयाँ मात्र रहेको थियो । प्रोभिजनका लागि १९ करोड ६ लाख ८९ हजार रुपैयाँ छुट्याएको लक्ष्मीले ४ करोड ३८ लाख ७ हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । यता, बैंकले खराब कर्जालाई पनि सुधार्ने प्रयास गरेको छ । गत वर्ष १.३१% रहेको लक्ष्मीको खराब कर्जा यो त्रैमाससम्मा आइपुग्दा १.२९% मा झारेको छ । कस्ट अफ फन्ड भने बढेर ७.४२% पुगेको छ । गत वर्ष कस्ट अफ फन्ड ५.२५% थियो । यस्तै, कर्जा निक्षेप अनुपात पनि ७७.६९% बाट बढेर ७७.९३% हुन पुगेको छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ २३ पैसा रहेको लक्ष्मीको प्रतिसेयर नेटवर्थ भने १२२ रुपैयाँ ९४ पैसा रहेको छ । 

Post Your Comment