Market Closed

लक्ष्मी बैंकको खुद नाफा ३१.५६% बढ्दा इपीएस १७.६१ रुपैयाँ

31 Jan,2019
  • Laxmi-bank-Ltd_1_4_24_2018_11_08_52.jpg
नेपाली पैसा 
 
काठमाडौं : लक्ष्मी बैंंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आशलाग्दो प्रगति गरेको छ । बैंकले गत वर्षको यही अवधिको तुलनामा ३१.५६% ले खुद नाफा वृद्धि गरी ७२ लाख ३७ हजार ९१ हजार रुपैयाँ पुर्याएको छ । गर्त वर्ष यही अवधिमा भने ५५ करोड १ लाख ५७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यसले वितरण योग्य नाफा पनि ५१ करोड ९२ लाख ७० हजार रुपैयाँबाट बढाएर ६७ करोड २१ लाख १३ हजार रुपैयाँ पुर्याएको छ । 
 
लक्ष्मी खुद ब्याज आम्दानी ४१.४९% र सञ्चालन नाफा ३२.१०% ले बढोत्तरी गर्न सफल भएको हो । गत वर्ष १ अर्ब २ करोड ७८ लाख ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यो त्रैमासमा बढाएर १ अर्ब ४५ करोड ४३ लाख ३१ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा पनि ८१ करोड ६२ लाख रुपैयाँबाट वृद्धि गरी १ अर्ब ७ करोड ८३ लाख २२ हजार रुपैयाँ पुर्याएको छ । 
 
दोस्रो त्रैमाससम्ममा लक्ष्मीले ७५ अर्ब ८९ करोड ४५ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरी ७० अर्ब ५७ करोड १२ लाख ५१ हजार रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । गत वर्ष ६० अर्ब २७ करोड ९३ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब ८१ करोड २६ लाख ६९ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । लक्ष्मीको खराब कर्जा १.११% रहेको छ । गत वर्ष खराब कर्जा १.२९% थियो । कस्ट अफ फन्ड भने ७.४२% बाट बढेर ७.६८% पुगेको छ । लक्ष्मीको कर्जा निक्षेप अनुपात ७७.५६% र बेस रेट १०.३६% छ ।
 
हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ छ । लक्ष्मीले गत वर्षको नाफाबाट ८.५०% बोनस सेयर दिने प्रस्ताव पारित गर्न माघ २८ मा वार्षिक साधारण सभा बोलाएको छ । बोनसपछि भने बैंकको चुक्ता पुँजी ८ अर्ब ९२ करोड ५ लाख ८ हजार रुपैयाँ पुग्नेछ । यसको रिजर्भ कोष ४८.५३% ले बढेर ४ अर्ब ४४ करोड ६१ लाख ३७ हजार रुपैयाँ पुगेको छ । लक्ष्मीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ३८ पैसाबाट बढेर १७ रुपैयाँ ६१ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ भने १५४ रुपैयाँ ८ पैसा रहेको छ ।

लक्ष्मी बैंकको दोस्रो त्रैमासिक रिपोर्ट हेर्नुहोस् ।

Post Your Comment