Market Closed

लक्ष्मी इक्विटी फन्डले इकाई बाँडफाँटमा नपरेको पैसा आज देखि फिर्ता दिँदै

18 Jun,2017
  • refund_pic_6_18_2017_3_00_28.jpg
नेपाली पैसा 
 
काठमाडौंः लक्ष्मी इक्विटी फन्डले इकाई बाँडफाँटमा नपरेको पैसा आज (आइतबार) देखि फिर्ता दिन थालेको छ । यसको लागि लगानीकर्ताले आवेदन दिएको संकलन केन्द्रमा गएर भुक्तानी पत्र संकलन गर्नुपर्नेछ । त्यस्तै आजैबाट नै आवेदकलाई बाँडफाँट पत्र पनि बाँडिदैछ । लक्ष्मी इक्विटीले वैशाख २२ गते देखि २८ गते सम्म १२ करोड ५० लाख इकाई बिक्री गरेको थियो । जसमा १ करोड ८७ लाख ५० हजार इकाई कोष प्रबर्धक लक्ष्मी बैंकलाई छुट्याइएको थियो भने बाँकी १० करोड ६२ लाख ५० हजार इकाई सार्वजनिक रुपमा सर्वसाधारणलाई बिक्री गरिएको हो ।
 
यस इकाईको बाँडफाँट जेठ २९ गते गत गरिएको हो । प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यको यस म्युचुअल फन्डमा न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था थियो । यस इक्विटी फन्डको कोष प्रबर्धक लक्ष्मी बैंक हो भने बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटलले गरेको हो । 
 
 

Post Your Comment