Market Closed

लक्ष्मी इक्विटी फन्डको प्रतिइकाई खुद मूल्य ९ रुपैयाँ ९५ पैसा, कति छ सेयरमा लगानी ?

02 Nov,2017
  • download_7_25_2017_3_14_32_11_2_2017_4_56_23.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी इक्विटी फन्डको असोज महिनामा प्रतिइकाई खुद मूल्य ११ पैसाले बढेर ९ रुपैयाँ ९५ पैसा कायम भएको छ । भदौ महिनामा लक्ष्मी इक्विटीको खुद मुल्य ९ रुपैयाँ ८४ पैसा रहेको थियो । भदौ महिनाको तुलनामा असोजमा यो फन्डको खुद सम्पत्ति मूल्य पनि १ करोड ४० लाख १८ हजार ३५० रुपैयाँले बढोत्तरी भएर १ अर्ब २४ करोड ३७ लाख १२ हजार २४ रुपैयाँ कायम भएको छ । भदौमा यसको खुद सम्पत्ति मूल्य १ अर्ब २२ करोड ९६ लाख ९३ हजार ६७४ रुपैयाँ मात्र थियो । यस्तै, आइपीओ, एफपीओलगायत सार्वजनिक निष्कासनमा लक्ष्मी इक्विटीले ४ लाख १८ हजार ७४८ रुपैयाँ लगानी गरेको छ । बैंक मौज्दातमा ३९ करोड ५६ लाख १ हजार ६७७ रुपैयाँ रहेको लक्ष्मी इक्विटीको मुद्दति निक्षेपमा २५ करोड रुपैयाँ रहेको छ । यसको जम्मा जारी इकाई भने १२ करोड ५० लाख रुपैयाँ रहेको छ । लक्ष्मी इक्विटीले ४८ वटा सूचीकृत कम्पनीको ५५ करोड ५४ लाख ८६ हजार १५२ रुपैयाँ बराबरको ७ लाख ६० हजार ९५८ कित्ता सेयरमा लगानी गरेको छ । जसमा सबैभन्दा बढी सानिमा बैंकको ४६ हजार कित्ता सेयर होल्ड गरेको छ । लगानी रकमका आधारमा भने सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्सको ३ करोड २८ लाख ५३ हजार ५७६ रुपैयाँ बराबरको १६ हजार ३९४ कित्ता सेयरमा लगानी गरेको छ ।
 
            यस्तो छ लक्ष्मी इक्विटी फन्डको असोज महिनाको वित्तीय अवस्था

Post Your Comment