Market Closed

लक्ष्मी इक्विटी फन्डको प्रतिइकाई खुद मूल्य घटेर ९ रुपैयाँ ६२ पैसामा झर्यो, यस्तो छ लगानी

27 Nov,2017
  • mutual-fund_4__11_27_2017_4_18_56.jpg
नेपाली पैसा 
 
काठमाडौं : लक्ष्मी इक्विटी फन्डको कात्तिक महिनामा प्रतिइकाई खुद मूल्य ३३ पैसाले बढेर ९ रुपैयाँ ६२ पैसामा आइपुगेको छ । असोजमा यस इक्विटी फन्डको खुद मुल्य ९ रुपैयाँ ९५ पैसा थियो । असोजको तुलनामा कात्तिकमा यो फन्डको खुद सम्पत्ति मूल्य पनि ४ करोड ६ लाख १३ हजार २६५ रुपैयाँले घटेर १ अर्ब २० करोड ३० लाख ९८ हजार ७५९ रुपैयाँमा सीमित भएको छ । असोजमा यसको खुद सम्पत्ति मुल्य १ अर्ब २४ करोड ३७ लाख १२ हजार २४ रुपैयाँ रहेको थियो । यस्तै, आइपीओ, एफपीओलगायत सार्वजनिक निष्कासनमा लक्ष्मी इक्विटीले १ लाख ३५ हजार ९०९ रुपैयाँ लगानी गरेको छ । असोजमा भने यो इक्विटीले ४ लाख १८ हजार ७४८ रुपैयाँ लगानी गरेको थियो । बैंक मौज्दातमा ३२ करोड ९३ लाख ४३ हजार ५४० रुपैयाँ रहेको लक्ष्मी इक्विटीको मुद्दति निक्षेपमा २५ करोड रुपैयाँ रहेको छ । यसको जम्मा जारी इकाई भने १२ करोड ५० लाख रुपैयाँ रहेको छ । लक्ष्मी इक्विटीले ४९ वटा सूचीकृत कम्पनीको ६२ करोड १४ लाख १ हजार ४१९ रुपैयाँ बराबरको ८ लाख ४६ हजार ९५० कित्ता सेयरमा लगानी गरेको छ । जसमा सबैभन्दा बढी सानिमा बैंकको ४५ हजार ८०९ कित्ता सेयर होल्ड गरेको छ । लगानी रकमका आधारमा भने सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्सको ४ करोड ८२ हजार ३८२ रुपैयाँ बराबरको २१ हजार १७४ कित्ता सेयरमा लगानी गरेको छ ।

 

Post Your Comment