Market Closed

लक्ष्मी इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य ३३ पैसाले घट्दा सेयर लगानी यस्तो देखियो

27 Feb,2018
  • mutual_fund_2_27_2018_10_49_54.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी इक्विटी फन्डको माघ महिनामा प्रतिइकाई खुद सम्पति मूल्य ३३ पैसाले घटेर ९ रुपैयाँ १५ पैसामा सीमित भएको छ । पुस महिनामा लक्ष्मी इक्विटीको प्रतिइकाई खुद मूल्य ९ रुपैयाँ ४८ पैसा रहेको थियो । त्यस्तै, यो इक्विटी फन्डको खुद सम्पति मूल्य पनि ४ करोड १५ लाख ८३ हजार २३५ रुपैयाँले घटेर १ अर्ब १४ करोड ३८ लाख १९ हजार ६५८ भएको छ । पुसमा खुद सम्पत्ति मूल्य १ अर्ब १८ करोड ५४ लाख २ हजार ८९३ रुपैयाँ रहेको थियो ।
 
यस्तै, आइपीओ, एफपीओलगायत सार्वजनिक निष्कासनमा लक्ष्मी इक्विटीले २० लाख ९७ हजार ५७४ रुपैयाँ लगानी गरेको छ । पुसमा भने यो लगानी ११ लाख ६२ हजार ९९२ रुपैयाँ मात्र थियो । बैंक मौज्दातमा २२ करोड २७ लाख ६५ हजार ५०४ रुपैयाँ रहेको लक्ष्मी इक्विटीको मुद्दति निक्षेपमा २५ करोड रुपैयाँ रहेको छ । यसको जम्मा जारी इकाई भने १२ करोड ५० लाख रुपैयाँ रहेको छ ।
 
लक्ष्मी इक्विटीले ५० वटा सूचीकृत कम्पनीको ६३ करोड ९४ लाख ५४ हजार ५०७ रुपैयाँ बराबरको १० लाख ५७ हजार २६१ कित्ता सेयरमा लगानी गरेको छ । जसमा सबैभन्दा बढी सिभिल बैंकको ५९ हजार ६६२ कित्ता सेयर होल्ड गरेको छ । रकमका आधारमा भने सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्सको ३ करोड ९९ लाख ८२ हजार ३६० रुपैयाँ बराबरको २२ हजार ४६२ कित्ता सेयरमा लगानी गरेको छ ।

                                       यस्तो छ लक्ष्मी इक्वीटी फन्डको माघ महिनाको वित्तीय अवस्था

Post Your Comment