Market Closed

लक्ष्मी इक्विटीको प्रतिइकाई खुद सम्पति मूल्य ८.८१ रुपैयाँमा सीमित, प्रभुको ६१ हजार कित्ता

26 Mar,2018
  • mutual_fund_3_26_2018_10_42_53.jpg
 नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी इक्विटी फन्डको फागुन महिनामा प्रतिइकाई खुद सम्पति मूल्य ३४ पैसाले घटेर ८ रुपैयाँ ८१ पैसामा झरेको छ । माघमा यो फन्डको प्रतिइकाई खुद सम्पति मूल्य ९ रुपैयाँ १५ पैसा थियो । त्यस्तै, फन्डको खुद सम्पति ४ करोड २७ लाख ९४ हजार ६१४ रुपैयाँले घटेर १ अर्ब १० करोड १० लाख २५ हजार ४४  रुपैयाँ भएको छ ।

माघ महिनामा खुद सम्पत्ति मूल्य १ अर्ब १४ करोड ३८ लाख १९ हजार ६५८ रुपैयाँ रहेको थियो । बैंक मौज्दातमा २२ करोड १८ लाख २९ हजार १८२ रुपैयाँ रहेको लक्ष्मी इक्विटीको मुद्दति निक्षेपमा २५ करोड रुपैयाँ छ । यसको जम्मा जारी इकाई भने १२ करोड ५० लाख हो ।

लक्ष्मी इक्विटीले ५३ वटा सूचीकृत कम्पनीको ११ लाख १२ हजार १८८ कित्ता सेयर होल्ड गरेको छ । फन्डले कुल ६१ करोड ८५ लाख ७९ हजार ४३९ रुपैयाँ बराबरको सेयरमा लगानी गरेको हो । 
 
यस फन्डले सबैभन्दा बढी प्रभु बैंकको ६१ हजार ५७४ कित्ता सेयर होल्ड गरेको छ । रकमका आधारमा भने सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्समा ३ करोड ८७ लाख ४६ हजार ९५० रुपैयाँ लगानी गरेको छ ।

नेपाल लाइफमा यो फन्डको २२ हजार ४६२ कित्ता सेयर रहेको छ । लक्ष्मी इक्विटी फन्डको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल हो भने कोष प्रवद्र्धक लक्ष्मी बैंक हो ।
 

Post Your Comment