Market Closed

लक्ष्मी इक्विटीको प्रतिइकाई खुद सम्पति मूल्य ८ रुपैयाँ ७८ पैसा, सानिमाको ६२ हजार कित्ता सेयर

26 Jun,2018
  • mutual_fund_6_26_2018_11_09_03.jpg
नेपाली पैसा 
 
काठमाडौं : लक्ष्मी इक्विटी फन्डको जेठ महिनामा प्रतिइकाई खुद सम्पति मूल्य ४४ पैसाले घटेर ८ रुपैयाँ ७८ पैसामा ओर्लिएको छ । वैशाखमा लक्ष्मीको प्रतिइकाई खुद सम्पत्ति मूल्य ९ रुपैयाँ २२ पैसा थियो । जेठ सम्ममा यस फन्डको खुद सम्पति पनि ५ करोड ५४ लाख ३७ हजार ३६० रुपैयाँ गिरावट आएर १ अर्ब ९ करोड ६८ लाख ९६ हजार ७९ मा सीमित भएको छ ।

वैशाखमा खुद सम्पत्ति १ अर्ब १५ करोड २३ लाख ३३ हजार ४३९ रुपैयाँ रहेको थियो । बैंक मौज्दातमा १७ करोड ८१ लाख ४८ हजार ४९४ रुपैयाँ र मुद्दति निक्षेपमा २५ करोड रुपैयाँ रहेको देखाइएको छ । यस फन्डको जम्मा जारी इकाई १२ करोड ५० लाख हो ।

लक्ष्मी इक्विटीले ५४ वटा सूचीकृत कम्पनीको १२ लाख ६० हजार २३४ कित्ता सेयर होल्ड गरेको छ । यस फन्डले कुल ६७ करोड ४० लाख ५१ हजार ५९८ रुपैयाँ सेयरमा लगानी गरेको हो । जसमा सबैभन्दा धेरै सानिमा बैंकको ६२ हजार ४१० कित्ता सेयर होल्ड छ । 
 
रकमका आधारमा सबैभन्दा धेरै प्रिमियर इन्सुरेन्सको २७ हजार ६५२ कित्ता सेयरमा ३ करोड ३० लाख ७१ हजार ७९२ रुपैयाँ लगानी छ । यस फन्डको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल र कोष प्रवद्र्धक लक्ष्मी बैंक रहेको छ ।
 
 

Post Your Comment