लक्ष्मी इक्विटीको प्रतिइकाई खुद मूल्यमा ३९ पैसाको गिरावट, एनएमबि बैंकमा धरै लगानी

28 Dec,2018
  • mutual-fund-_2_23_2018_11_32_15_9_19_2018_2_53_51.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य कात्तिक महिनाको तुलनामा ३९ पैसाले घटेको छ । कात्तिकमा ८ रुपैयाँ ६६ पैसा रहेको यो फन्डको प्रतिइकाई खुद सम्पति मूल्य मंसिरमा ८ रुपैयाँ २७ पैसामा आइपुगेको छ । लक्ष्मीको जम्मा जारी इकाई १२ करोड ५० लाख हो ।
 
यस्तै, फन्डको सूचीकृत सेयरमा गरेको लगानी पनि अघिल्लो महिनाको भन्दा १ करोड ९६ लाख १० हजार १२८ रुपैयाँले घटेर ६८ करोड ५७ लाख ९७ हजार ७९० रुपैयाँमा सीमित भएको छ । कात्तिकमा यसले ७० करोड ५४ लाख ७ हजार ९१८ रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको थियो ।लक्ष्मीको बैंक मौज्दात ३० करोड ८८ लाख ९४ हजार ४९२ रुपैयाँबाट घटेर २५ करोड ८२ लाख ५० हजार ८१ रुपैयाँमा खुम्चिएको छ ।

लक्ष्मीले मंसिर सम्ममा कुल ६२ वटा सूचीकृत कम्पनीको १६ लाख १ हजार २६ कित्ता सेयर होल्ड गरेको छ । सबैभन्दा धेरै एनएमबि बैंकको १ लाख ३२ हजार ८५९ कित्ता सेयर रहेको छ । रकमका आधारमा पनि एनएमबि बैंककै सेयरमा सबैभन्दा धेरै ४ करोड ९१ लाख ५७ हजार ८३० रुपैयाँ लगानी गरेको छ ।

Post Your Comment