Market Closed

लिवर्टी इनर्जीको एजीएम सम्पन्न, यी एजेन्डाहरु भए पारित

11 Jan,2019
  • liberty_img_2_1_11_2019_2_56_41.jpg
नेपाली पैसा 
 
काठमाडौं : लिवर्टी इनर्जी कम्पनीको नवौ वार्षिक साधारण सभा शुक्रबार (पुस २७ गते) सम्पन्न भएको छ । सभाले कम्पनीको प्रबन्धपत्र तथा नियावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावहरु पनि अनुमोदन भएको छ । 
 
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पारित भएको छ । साधारण सभा अमृत भोट क्याटरर्स कालिकास्थान काठमाडौंमा भएको थियो । 
 

Post Your Comment