Market Closed

एलआइसी नेपालले १२% बोनस अनुमोदन गर्न कहिले गर्दैछ एजीएम ? अब पुँजी संरचना यस्तो

14 Mar,2019
  • life-insurance-company-ltd-ne_2_14_5_14_2018_11_55_28_8_10_2018_11_51_18.jpg
नेपाली पैसा 
 
काठमाडौं : लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी नेपाल) ले १२% बोनस सयेर दिने विशेष प्रस्तावसहित चैत ४ गते वार्षिक साधारण सभा बोलाएको छ । यस्तै, बोनसमा लाग्ने कर तिर्न ०.६६% नगद लाभांश दिने एजेन्डा पनि छ ।

कम्पनीले आर्थिक वर्ष २०७३।७४ को वार्षिक साधारण सभा अहिले गर्न लागेको हो । प्रस्तावित लाभांश पनि सोही आर्थिक वर्षको नाफाबाट दिन लागिएको हो । गत आर्थिक वर्षको लाभांश र साधारण सभा मिति भने घोषणा हुन बाँकी नै छ ।
 
सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा बिहान ८ बजे सुरु हुनेछ । प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव पनि लगिनेछ । यसैगरी, प्रमुख कार्यकारी अधिकृतको लेखापरीक्षक अनुमोदन गर्ने र आर्थिक वर्ष २०७४।७५ का लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पेश हुनेछ । 
 
लाइफ इन्सुरेन्स कर्पोरेसनले साधारण सभा गर्न फागुन २१ देखि चैत ४ गतेसम्म बुक क्लोज गरिरहेको छ । फागुन २० गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँ छ । १२% बोनस सयेर वितरणपछि १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० पुग्नेछ । 


Post Your Comment