एलआइसी नेपालले साउन २४ गते बोलायो एजीएम, ७०% लाभांश वितरण गर्ने

11 Jul,2019
  • life-insurance-company-ltd-ne_2_14_5_14_2018_11_55_28_8_10_2018_11_51_18.jpg
नेपाली पैसा
 
काठमाडौं : लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले साउन २४ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले ३४.४६% बोनस सेयर वितरण गर्ने विशेष प्रस्तावसहित साधारण सभा बोलाएको हो । यस्तै, एलआइसीले ३५.५४% नगद लाभांश दिने प्रस्ताव पनि सभामा लैजाने भएको छ । कम्पनीले बोनस र नगद गरी कुल ७०% लाभांश वितरण गर्न लागेको हो ।
 
यता, सभाले सञ्चालक समितिमा एक जना स्वतन्त्र र कम्तीमा एक जना महिलासहित ६ जना सञ्चालक रहने गरी नियमावलीमा संशोधन गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने एजेन्डा पनि रहेको छ । सभा नेपाल पुलिस क्लबको सभाहल, भृकुटीमण्डप काठमाडौंमा बिहान ९.३० बजे सुरु हुनेछ । 
 
एलआइसीले वार्षिक साधारण सभा गर्न साउन ९ देखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । साउन ८ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित ७०% लाभांश पाउनेछन् । कम्पनीले प्रस्तावित ३४.४६% बोनस सेयरपछि चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ पुग्नेछ ।

एलआइसी नेपालको एजीएम सम्बन्धी एजेन्डा यहाँबाट हेर्नुहोस् ।

Post Your Comment