Market Closed

एलआइसी नेपालले शुक्रबार एजीएम गरेर सोमबारबाट लाभांश खातामा पठाउन थाल्यो

13 Aug,2019
  • life-insurance-_8_9_2019_8_01_58.jpg
नेपाली पैसा
 
काठमाडौं : लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी नेपाल) नेपालले ३५.५३% नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा पठाउन थालेको छ । कम्पनीले सोमबार (साउन २७ गते) देखि ३५.५३% नगद लाभांश नेपाल क्लियरिङ हाउसको आइपीएस प्रणाली मार्फत सेयरधनीको खातामा जम्मा गर्न थालेको हो । 

कम्पनीले हालसम्म पनि डिम्याट खाता नखोल्ने लगानीकर्तालाई आफूले खाता खोलेको बैंक तथा वित्तीय संस्था वा कुनै पनि निक्षेप सदस्यमार्फत खाता खोल्न समेत आग्रह गरेको छ । खाता खोलेपछि मात्र नगद जम्मा हुनेछ । यता, बोनस सेयर भने सीडीएस तथा नेप्सेमा सूचीकरण भएपछि सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिने कम्पनीको भनाई छ । 

एलआइसी नेपालको साउन २४ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट ३४.४६% बोनस सेयर र ३५.५४% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । यसआधारमा कम्पनीले ३ दिनदेखि नै लाभांश खातामा पठाउन थालेको देखिन्छ । 
 

Post Your Comment