Market Closed

४ कम्पनीको बोनसमा मूल्य समायोजन, देवः र लक्ष्मी लघुवित्तको बिहीबारको कारोबार रद्द

10 Nov,2017
  • Price_adjustment_11_10_2017_4_16_49.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्जले एकै दिन ४ वटा कम्पनीको बोनस सेयरमा मूल्य समायोजन गरेको छ । शुक्रबार आरएसडीसी लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, देवः विकास बैंक र लक्ष्मी लघुवित्तको बोनस सेयर समायोजन भएको हो । आरएसडीसीको १३% बोनस समायोजनपछि १२ सय ९२ रुपैयाँ भाउ कायम भएको छ । यसको औसत आधार मूल्य भने १ हजार १९ रुपैयाँ हो । यसैगरी, एनएमबि माइक्रोफाइनान्सको २५% बोनस समायोजनपछि सेयर मूल्य प्रतिकित्ता १८ सय ७६ रुपैयाँ तोकिएको छ । कम्पनीको औसत आधार मूल्य १४ सय ५७ रुपैयाँ हो । देवः विकास बैंकको १७.१% बोनसपछि प्रतिकित्ता २०२ रुपैयाँ भाउ कायम भएको छ । देवः को औसत आधार मूल्य २०१ रपैयाँ हो । यता, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको १०% बोनस सेयर समायोजनपछि सेयर मूल्य प्रतिकित्ता १२ सय २७ रुपैयाँ भएको छ । यसको औसत आधार मूल्य चाहिँ १२ सय ४५ रुपैयाँ हो । आइतबार यी ४ वटै कम्पनीको सेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ । यता, देवः विकास बैंक र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको बिहीबारको कारोबार भने नेप्सेले रद्द गर्ने भएको छ । यी दुई कम्पनीको बुक क्लोज बिहीबार नै भए पनि नेप्सेले मूल्य समायोजन गर्न ढिलो गरेको थियो । बिहान ११ बजे बजार खुल्नु भन्दा अघि नै मूल्य समायोजन गर्ने चलन छ । तर बिहीबार बजार खुल्दा नेप्सेले यी दुई कम्पनीको भाउ समायोजन गर्न भ्याएन तर सेयर कारोबार भइसकेको थियो । त्यही भएर देवः र लक्ष्मीको कारोबार रद्द गर्नु परेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी थिए । अब कारोबार खुल्दा यी कम्पनीहरुको समायोजित मूल्यका आधारमा खुल्नेछ । 
 
 

Post Your Comment