Market Closed

लक्ष्मी लघुवित्तको एक सय प्रतिशत हकप्रद भयो बाँडफाँट, चुक्ता पुँजी अब २२ करोड पुग्ने

04 Dec,2016
  • laxmi_12_4_2016_10_51_24.jpeg
नेपाली पैसा 

काठमाडौं  : लक्ष्मी लघुवित्त वित्तीय संस्थाले हकप्रद सेयर बाँडफाँट गरेको छ । 
 
लक्ष्मी माइक्रोफाइनान्सले असोज १४ देखि कात्तिक २३ गतेसम्म एक सय रूपैयाँ अंकित मूल्यको ११ लाख कित्ता हकप्रद सेयर निष्कासन खुला गरेको थियो । सोही सेयर शुक्रबार बाँडफाँट गरिएको हो । 
 
लक्ष्मीले एक बराबर एक अनुपात (एक सय प्रतिशत) हकप्रद निष्कासन गरेको हो । यो हकप्रदमा १५ हजार आठ सय १३ जनाले आवेदन दिएका थिए । जस अनुसार १० लाख ८४ ९७ कित्ता सेयर बाँडफाँट गरिएको हो । 
 
लक्ष्मी लघुवित्तको हाल चुक्ता पुँजी ११ करोड रूपैयाँ छ । हकप्रद वितरणपछि अब चुक्ता पुँजी २२ करोड रुपैयाँ पुग्नेछ । 
 
लक्ष्मीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड ४८ लाख ७३ लाख रूपैयाँ खुद नाफा कमाएको छ । यो माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी ९० रूपैयाँ ४५ पैसा छ । 

Post Your Comment