लक्ष्मी लघुवित्तको १५ हजार नौ सय तीन कित्ता सेयर लिलामीमा बिक्री, आवेदन दिने म्याद पुस ६ देखि १२ गतेसम्म

06 Dec,2016
  • laxmi_12_6_2016_10_50_54.jpeg
नेपाली पैसा 
 
काठमाडौं : लक्ष्मी लघुवित्त वित्तीय संस्थाले १५ हजार नौ सय तीन कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । 
 
हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलाम बढाबढका आधारमा बेच्न लागिएको हो । पुस ६ गते देखि लिलामी सेयरका लागि आवेदन खुला हुनेछ । न्यूनतम एक सय रूपैयाँ मूल्य  तोकी त्यसभन्दा बढी मूल्य तोकेर निवेदन दिनुपर्नेछ । 
 
आवेदन दिने अन्तिम म्याद पुस १२ गते सम्म तोकिएको छ । लक्ष्मीले सर्वसाधरण समूहको सेयर लिलामीमा बिक्री गर्न लागेको हो । 
 
लक्ष्मी लघुवित्तले गत असोज १४ देखि कात्तिक २३ गतेसम्म एक सय रुपैयाँ अंकित मूल्यको ११ लाख कित्ता हकप्रद सेयर निष्कासन खुला गरेको थियो । त्यसक्रममा बिक्री नभएको सेयर अहिले लिलामीमा लगिएको हो । 
 
नारायण गोपाल चोक महाराजगञ्जमा मुख्य कार्यलय रहेको यो संस्थाको बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । 
 

Post Your Comment