Market Closed

लक्ष्मी लघुवित्तले लिलामीमा बिक्री गरेको सेयर भयो बाँडफाँड, पुस २४ देखि पैसा फिर्ता दिइने

04 Jan,2017
  • laxmi_laghubitta_pic_1_4_2017_11_48_31.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी लघुवित्त वित्तीय संस्थाले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड गरेको छ । बैंकले हकप्रद सेयर निष्कासन गरेका बेला बिक्री नभएको सर्वसाधारण समूहको १५ हजार नौ सय तीन कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री गरेको थियो । यो सेयर पुस १७ गते बाँडफाँड गरिएको हो । बाँडफाँडमा नपरेकोे रकम पुस २४ गतेदेखि फिर्ता दिइने भएको छ । 
 
लक्ष्मीले सेयर नपरेका आवेदकलाई एनएमबि क्यापिटल लिमिटेड नागपोखरीबाट पैसा फिर्ता दिनेछ । यसअघि लक्ष्मी लघुवित्तले गत असोज १४ देखि कात्तिक २३ गतेसम्म एक सय रुपैयाँ अंकित मूल्यको ११ लाख कित्ता हकप्रद सेयर निष्कासन खुला गरेको थियो । त्यस बेला बिक्री नभएको १५ हजार नौ सय कित्ता सेयर सेयर पुस ६ देखि पुस १२ गतेसम्म  लिलामीमा बिक्री गरिएको हो । यसमा प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको हो ।  

Post Your Comment