Market Closed

लक्ष्मी लघुवित्त बन्यो वर्षको पहिलो वित्तीय विवरण सार्वजनिक गर्ने संस्था, ७१.५३% ले बढ्यो खुद नाफा

16 Jul,2017
  • Laxmi-laghubitta-bittiya-sanstha-Ltd_7_16_2017_11_04_47.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी लघुवित्त आर्थिक वर्ष ०७३÷७४ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो संस्था बनेको छ । लक्ष्मी लघुवित्तले आर्थिक वर्षको अन्त्यसम्ममा १० करोड ७१ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो आर्थिक वर्ष (७२÷७३) को चौथो त्रैमाससम्ममा जम्मा ६ करोड २४ लाख ४७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको लक्ष्मीले यसपालि ७१.५३% ले खुद नाफा बढाएको विवरण सार्वजनिक गरेको हो । यो लघुवित्तले खुद ब्याज आम्दानी ६४.५७% ले वृद्धि गरेर २४ करोड ५४ लाख ५४ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष खुद ब्याज आम्दानी १४ करोड ९१ लाख ५१ हजार रुपैयाँमात्र थियो । लक्ष्मीले निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा उल्लेख्य प्रगति गर्दा खुद ब्याज आम्दानीमा पनि सुधार गर्न सकेको देखिन्छ ।

यस कम्पनीले निक्षेप संकलन ६६.२९% ले वृद्धि गरी ६६ करोड १२ लाख ५३ हजार रुपैयाँ पुर्याएको छ भने २ अर्ब १८ करोड ७९ लाख ७३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । कर्जा लगानी पनि ५८.०३% ले वृद्धि भएको हो । चौथो त्रैमासमा खराब कर्जा थोरै बढेर ०.५०% मा पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा खराब कर्जा ०.३०% मात्र थियो । यता, लक्ष्मीको चुक्ता पुँजी ११ करोड रुपैयाँबाट दोब्बर बढेर २२ करोड रुपैयाँ पुगेको छ । संस्थाले गएको असोजमा १००% हकप्रद बिक्री गरेपछि चुक्ता पुँजी पनि त्यही अनुपातमा बढेको हो । चौथो त्रैमासको अन्त्यसम्ममा लक्ष्मीको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ६९ पैसा छ भने प्रतिसेयर नेटवर्थ पनि १७७ रुपैयाँ ०८ पैसा छ । प्रतिसेयर आम्दानी र नेटवर्थ दुवै अघिल्लो आर्थिक वर्षको भन्दा कम हो । गत वर्ष यही बेला प्रतिसेयर आम्दानी ५६ रुपैयाँ ७७ पैसा र नेटवर्थ १६४ रुपैयाँ ४४ पैसा थियो । 
 

Post Your Comment