Market Closed

लक्ष्मी लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानी तल झर्नुमा खास के छ कारण ?

30 Oct,2017
  • Laxmi-laghubitta-bittiya-sanstha-_10_30_2017_10_40_42.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड २५ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा खुद नाफा ९.४९% ले घटेको हो । गत वर्ष यही अवधिमा यो लघुवित्तको खुद नाफा २ करोड ४८ लाख ७३ हजार रुपैयाँ थियो । यता लक्ष्मीले चुक्ता पुँजी ११ करोड रुपैयाँबाट बढाएर २४ करोड २० लाख रुपैयाँ पुर्याएको छ । रिजर्भ कोषमा पनि ९ करोड ५७ लाख रुपैयाँबाट वृद्धि भएर १३ करोड ४१ लाख रुपैयाँ कायम भएको छ । चुक्ता पुँजी भारीमात्रामा वृद्धि भए अनुपातमा कम्पनीले व्यापारको आयातन फराकिलो पार्न चुनौती भयो । एकैसाथ भारीमात्रामा पुँजी बढ्यो तर वृद्धि भएको पुँजी अनुपातमा व्यापार वृद्धि गर्न नसक्दा खुद नाफा र प्रतिसेयर आम्दानीमा असर गरेको हो । पुँजी बढ्ने तर नाफा चाहिँ घट्ने भएपछि त्यसले सीधा प्रतिसेयर आम्दानीमा त असर पुर्याउने नै भयो । गत वर्ष ९० रुपैयाँ ४५ पैसा रहेको प्रतिसेयर आम्दानी यसपटक घटेर ३७ रुपैयाँ २१ पैसामा सीमित भएको छ ।

प्रतिसेयर नेटवर्थ पनि १८७ रुपैयाँ ५ पैसाबाट घटेर १५५ रुपैयाँ ४३ पैसामा झरेको छ । कर्मचारी खर्चमा व्यापक वृद्धि हुनु, त्यसले समग्र सञ्चालन खर्च पनि बढेको देखाएको छ । सञ्चालन खर्च ह्वात्तै बढ्दा पनि खुद नाफामा असर गरेको हो । कम्पनीले खुद ब्याज आम्दानी भने ६.५२% ले बढाएर ५ करोड ९० लाख ९८ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष खुद ब्याज आम्दानी ५ करोड ५४ लाख ८० हजार रुपैयाँ थियो । पहिलो त्रैमासमा लक्ष्मीले ७२ करोड ६६ लाख ४० हजार निक्षेप संकलन गरेको छ । यता, कर्जा प्रवाह पनि २ अर्ब ३२ करोड ६ लाख १९ हजार रुपैयाँ पुर्याएको छ । खराब कर्जा पनि थोरै बढेर ०.९३% पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा खराब कर्जा ०.३०% मात्र थियो । लक्ष्मीको कस्ट अफ फन्ड पनि ५.२६% बाट बढेर ९.५१% पुगेको छ । 

Post Your Comment