Market Closed

लक्ष्मीका दुवै म्युचुअल फन्डको खुद सम्पति मूल्य बढ्यो, यसरी गर्दैछन् लगानी

24 Apr,2019
  • download_7_25_2017_3_14_32_11_2_2017_4_56_23.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी क्यापिटलको व्यवस्थापनमा रहेका लक्ष्मी इक्विटी फन्ड र लक्ष्मी भ्यालु फन्ड दुवैको प्रतिइकाई खुद सम्पति मूल्य बढेको छ । इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति चैत मसान्त २० पैसाले बढेर ८ रुपैयाँ ८५ पैसा कायम भएको छ । अघिल्लो महिना यो फन्डको प्रतिइकाई खुद मूल्य ८ रुपैयाँ ६५ पैसा थियो । 
 
इक्विटी फन्डको सूचीकृत सेयरमा लगानी भने २ करोड ३६ लाख ४ हजार रुपैयाँले घटेर ७९ करोड ८८ लाख रुपैयाँमा आएको छ । अघिल्लो महिना सूचीकृत सेयरमा ८२ करोड २४ लाख ४ हजार रुपैयाँ लगानी रहेको थियो । फन्डले ७० वटा सूचीकृत कम्पनीको कुल १९ लाख ४१ हजार ४८ कित्ता सेयर होल्ड गरेको छ । सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको सेयरमा ४ करोड १६ लाख ५३ हजार रुपैयाँ लगानी रहेको छ ।
 
यस फन्डले मुद्दति निक्षेपमा ६ करोड रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिनाको तुलनामा मुद्दति निक्षेपमा कुनै परिर्वतन आएको छैन । बैंक मौज्दात भने १ करोड ६१ लाख ८३ हजार रुपैयाँले बढाएर २० करोड १५ लाख ९४ हजार रुपैयाँ पुर्याएको छ ।
 
यता, लक्ष्मी भ्यालु फन्ड-१ को प्रतिइकाई खुद सम्पति मूल्य फागुन मसान्तमा २९ पैसाले बढेर ११ रुपैयाँ १९ पैसा पुगेको छ । अघिल्लो महिना यो फन्डको प्रतिइकाई खुद सम्पति मूल्य १० रुपैयाँ ९० पैसा थियो । यस फन्डको सूचीकृत सेयरमा लगानी पनि ४२ लाख ९८ हजार रुपैयाँले बढेर ३२ करोड ६१ लाख १३ हजार रुपैयाँ पुगेको छ ।
 
भ्यालु फन्डले ३३ वटा सूचीकृत संस्थाको ७ लाख २० हजार १४९ कित्ता सेयर होल्ड गरेको छ । सबैभन्दा बढी नबिल बैंकको संस्थापक सेयरमा ३ करोड २५ लाख ५८ हजार रुपैयाँ लगानी रहेको छ । यस फन्डले मुद्दति निक्षेपमा ५ करोड रुपैयाँ लगानी गरेको छ । बैंक मौज्दात भने १ करोड २२ लाख ७७ हजार रुपैयाँले बढेर १७ करोड ९५ लाख ८ हजार रुपैयाँमा पुगेको छ ।

Post Your Comment