Market Closed

लक्ष्मी इक्विटी फन्डको प्रतिइकाई खुद मूल्य बढ्दा भ्यालु फन्डमा २ रुपैयाँको गिरावट

31 Aug,2017
  • laxmi-value-fund-1_8_31_2017_3_42_28.jpg
नेपाली पैसा

काठमाडौं : लक्ष्मी क्यापिटलको व्यवस्थापनमा सञ्चालित लक्ष्मी भ्यालु फन्ड १ को प्रतिइकाई खुद मूल्य घटेको छ भने लक्ष्मी इक्विटी फन्डको प्रतिइकाई खुद मूल्य बढेको छ । साउन मसान्तमा भ्यालु फन्डको प्रतिइकाई खुद मूल्य ११ रुपैयाँ ९७ पैसा छ । असार मसान्तको तुलनामा यो फन्डको प्रतिइकाई खुद मूल्य २ रुपैयाँ १ पैसा थोरै हो । इक्विटी फन्डको भने १२ पैसा वृद्धि भएर प्रतिइकाई खुद मूल्य ९ रुपैयाँ ९७ पैसा कायम भएको छ । भ्यालु फन्डको कुल जारी इकाई ५ करोड र इक्विटी फन्डको १२ करोड ५० लाख हो । भ्यालु फन्डले ३२ करोड ७७ लाख २६ हजार १९७ रुपैयाँ बराबरको सूचीकृत सेयरमा लगानी गरेको छ । यसले ४ लाख २४ हजार ८३४ कित्ता सेयर होल्ड गरेको हो । फन्डले सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको ३५ हजार कित्ता होल्ड गरेको छ । यता, लक्ष्मी इक्विटी फन्डले पनि ३६ करोड ८४ लाख ५९ हजार ३०६ रुपैयाँको ५ लाख १५ हजार २५८ कित्ता सेयरमा लगानी गरेको छ । यसले भने सबैभन्दा धरै सानिमा बैंकको ३७ हजार ४९१ कित्ता सेयर होल्ड गरेको छ ।


Post Your Comment