लक्ष्मी भ्यालु फन्डको न्याभ ६० पैसाले वृद्धि हुँदा इक्विटी फन्डको कस्तो छ अवस्था ?

27 May,2019
  • MUTUAL-FUND_4_29_2019_6_35_28.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी क्यापिटलको व्यवस्थापनमा रहेका लक्ष्मी इक्विटी फन्ड र लक्ष्मी भ्यालु फन्ड दुवैको प्रतिइकाई खुद सम्पति मूल्य बढेको छ । लक्ष्मी भ्यालु फन्ड-१ को वैशाख महिनाको प्रतिइकाई खुद सम्पति मूल्य ११ रुपैयाँ ७९ पैसा कायम भएको छ । चैतको तुलनामा प्रतिइकाई खुद मूल्य ६० पैसाले बढेको हो । चैतमा यसको प्रतिइकाई खुद सम्पति मूल्य ११ रुपैयाँ १९ पैसा रहेको थियो ।
 
लक्ष्मी भ्यालु फन्डको खुद सम्पति पनि ३ करोड २२ हजार ४६७ रुपैयाँले बढेर ५८ करोड ४ लाख २१ हजार रुपैयाँ पुगेको छ । चैतमा यसको खुद सम्पति मूल्य ५६ करोड ३ लाख १७ हजार २३७ रुपैयाँ रहेको थियो । यस फन्डले मुद्दति निक्षेपमा ५ करोड रुपैयाँ राखेको छ । यस फन्डको जम्मा जारी इकाई ५ करोड रुपैयाँ रहेको छ । 
 
वैशाखसम्ममा २७ करोड ६४ लाख ६ हजार १८६ रुपैयाँ बराबरको सूचीकृत सेयरमा लगानी गरेको छ । चैतमा यो फन्डले ३२ करोड ६१ लाख १३ हजार १५० रुपैयाँ बराबरको सूचीकृत सेयरमा लगानी गरेकोे थियो । लक्ष्मी भ्यालु फन्डले कुल ३२ वटा सूचीकृत कम्पनीको ५ लाख ४२ हजार ९५५ कित्ता सेयर होल्ड गरेको छ । जसमा सबैभन्दा धेरै सिभिल बैंकको ८७ हजार १०० कित्ता सेयर रहेको छ ।
 
यस्तै, लक्ष्मी इक्विटी फन्ड–१ को वैशाख महिनाको प्रतिइकाई खुद सम्पति मूल्य ९ रुपैयाँ ४८ पैसा कायम भएको छ । चैतको तुलनामा प्रतिइकाई खुद मूल्य ५९ पैसाले बढेको हो । चैतमा यसको प्रतिइकाई खुद सम्पति मूल्य ८ रुपैयाँ ८५ पैसा रहेको थियो । इक्विटी फन्डको सूचीकृत सेयरमा लगानी भने ९ करोड १४ लाख ९७ हजार ९५२ रुपैयाँले घटेर ७० करोड ७३ लाख रुपैयाँमा आएको छ ।
 
अघिल्लो महिना सूचीकृत सेयरमा ७९ करोड ८८ लाख रुपैयाँ लगानी रहेको थियो । फन्डले ७० वटा सूचीकृत कम्पनीको कुल १५ लाख ५९ हजार ५६६ कित्ता सेयर होल्ड गरेको छ । सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको सेयरमा ४ करोड ३७ लाख ९० हजार रुपैयाँ लगानी रहेको छ । यो फन्डले सबैभन्दा धेरै सिभिल बैंकको १ लाख ३ हजार २६१ कित्ता होल्ड गरेको छ ।
 
यस फन्डले मुद्दति निक्षेपमा ६ करोड रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिनाको तुलनामा मुद्दति निक्षेपमा कुनै परिर्वतन आएको छैन । बैंक मौज्दात भने १८ करोड ३० लाख ४३ हजार रुपैयाँले बढाएर ३८ करोड ४६ लाख ३७ हजार रुपैयाँ पुर्याएको छ ।

Post Your Comment