Market Closed

लक्ष्मी इक्विटी फन्डको न्याभ २८ पैसाले घट्दा भ्यालु फन्डको यस्तो छ अवस्था

28 Jun,2019
  • MUTUAL-FUND_4_29_2019_6_35_28.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी क्यापिटलको व्यवस्थापनमा रहेका लक्ष्मी इक्विटी फन्ड र लक्ष्मी भ्यालु फन्ड दुवैको प्रतिइकाई खुद सम्पति मूल्य घटेको छ । इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति जेठ मसान्तमा २८ पैसाले घटेर ९ रुपैयाँ २० पैसा कायम भएको छ । अघिल्लो महिना यो फन्डको प्रतिइकाई खुद मूल्य ९ रुपैयाँ ४८ पैसा थियो ।
 
लक्ष्मी इक्विटी फन्डको सूचीकृत सेयरमा लगानी भने ५ करोड ८४ लाख ६२ हजार रुपैयाँले बढेर ७६ करोड ५७ लाख ६५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो महिना सूचीकृत सेयरमा ७० करोड ७३ लाख २ हजार रुपैयाँ लगानी रहेको थियो । फन्डले ७६ वटा सूचीकृत कम्पनीको कुल १८ लाख ७९ हजार ५२२ कित्ता सेयर होल्ड गरेको छ । 
 
सबैभन्दा बढी नेपाल लाइफ इन्सुरेन्सको सेयरमा ३ करोड ६९ लाख ३१ हजार रुपैयाँ लगानी रहेको छ । यस फन्डले मुद्दति निक्षेपान ७ करोड रुपैयाँ लगानी गरेको छ । बैंक मौज्दात भने ८ करोड ६५ लाख ५५ हजार रुपैयाँले घटेर २९ करोड ८० लाख ८२ हजार रुपैयाँ पुर्याएको छ ।
 
यता, लक्ष्मी भ्यालु फन्ड–१ को प्रतिइकाई खुद सम्पति मूल्य जेठ मसान्तमा १८ पैसाले घटेर ११ रुपैयाँ ६१ पैसामा आएको छ । अघिल्लो महिना यो फन्डको प्रतिइकाई खुद सम्पति मूल्य ११ रुपैयाँ ७९ पैसा थियो । यस फन्डको सूचीकृत सेयरमा लगानी पनि १ करोड ६१ लाख ८२ हजार रुपैयाँले घटेर २६ करोड २ लाख २३ हजार रुपैयाँ पुगेको छ ।
 
भ्यालु फन्डले ३० वटा सूचीकृत संस्थाको ५ लाख ३४ हजार ३४५ कित्ता सेयर होल्ड गरेको छ । सबैभन्दा बढी नबिल बैंकको संस्थापक सेयरमा ३ करोड ६१ लाख २५ हजार रुपैयाँ लगानी रहेको छ । यस फन्डले मुद्दति निक्षेपमा ५ करोड रुपैयाँ लगानी गरेको छ । बैंक मौज्दात भने ९० लाख ८३ हजार रुपैयाँले बढेर २६ करोड ५८ लाख ५९ हजार रुपैयाँमा पुगेको छ ।

Post Your Comment