Market Closed

लक्ष्मी भ्यालु फन्डको प्रतिइकाई खुद मूल्य ११ रुपैयाँ ५३ पैसा, कति छ सेयरमा लगानी ?

26 Nov,2017
  • laxmi-value-fund-1_11_26_2017_1_20_18.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फन्ड—१ को कात्तिक महिनामा ११ रुपैयाँ ५३ पैसा प्रतिइकाई खुद मूल्य कायम भएको छ । यो असोजको तुलनामा २८ पैसाले कम हो । असोजमा प्रतिइकाई खुद मूल्य ११ रुपैयाँ ८१ पैसा थियो । लक्ष्मीको जम्मा इकाई ५ करोड छ भने खुद सम्पत्ति ५७ करोड ६२ लाख ६५ हजार ४५२.६६ रुपैयाँ छ । अघिल्लो महिनाको तुलनामा खुद सम्पति १ करोड ४० लाख ६५ हजार ३२१.५७ रुपैयाँ कम हो । असोजमा फन्डको खुद सम्पति ५९ करोड ३ लाख ३० हजार ७ सय ७४.२३ रुपैयाँ थियो । यसले नेप्सेमा सूचीकृत ४१ वटा विभिन्न कम्पनीमा ३६ करोड ८६ लाख ६१ हजार ३३०.८४ रुपैयाँ बराबरको ५ लाख ११ हजार ७२६ कित्ता सेयर होल्ड गरेको छ । लक्ष्मी भ्यालु फन्डको कात्तिक महिनासम्म बैंक मौज्दातमा १० करोड ३७ लाख ७८ हजार ९४६.९९ रुपैयाँ छ भने सार्वजनिक निष्कासनमा ५४ हजार ४४०.१० रुपैयाँ लगानी छ । फन्डले सबैभन्दा बढी नबिल बैंकको संस्थापक सेयरमा ३ करोड ४९ लाख ९६ हजार २४ रुपैयाँ लगानी रहेको छ । त्यसपछि, चिलिमे हाइड्रोपावर र नेपाल इन्भेष्टमेन्ट बैंकमा बढी लगानी छ । लक्ष्मी भ्यालु फन्डको योजना व्यवस्थापन लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गरेको छ ।

Post Your Comment