Market Closed

माछापुच्छ्रे बैंकसहित ४ कम्पनीको बोनसमा मूल्य समायोजन, कति भयो भाउ ?

17 Nov,2017
  • Price_adjustment_11_17_2017_12_24_34.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्जले एकै दिन ४ वटा कम्पनीको बोनस सेयरमा मूल्य समायोजन गरेको छ । शुक्रबार माछापुच्छ्रे बैंक, कैलाश विकास बैंक, विजय लघुवित्त र समता माइक्रोफाइनान्सको बोनस सेयर समायोजन भएको हो । माछापुच्छ्रे बैंकको ९% बोनस समायोजनपछि २८८ रुपैयाँ भाउ कायम भएको छ । यसको औसत आधार मूल्य भने ३६१ रुपैयाँ हो । यसैगरी, कैलाशको १०% बोनस समायोजनपछि सेयर मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ । यो बैंकको औसत आधार मूल्य २९६ रुपैयाँ हो । विजय लघुवित्तको १०% बोनसपछि प्रतिकित्ता ९९१ रुपैयाँ भाउ कायम भएको छ । यसको औसत आधार मूल्य ७५४ रपैयाँ हो । यता, समता माइक्रोफाइनान्सको पनि २०% बोनस सेयर समायोजनपछि सेयर मूल्य प्रतिकित्ता ४७८ रुपैयाँ भएको छ । यसको औसत आधार मूल्य चाहीँ २८९ रुपैयाँ हो । आइतबार यी ४ वटै कम्पनीको सेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ ।

Post Your Comment