Market Closed

माछापुच्छ्रेको १५% र कैलाशको १९.४५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

16 Nov,2017
  • Dividend_11_16_2017_11_38_24.jpg
नेपाली पैसा
 
काठमाडौं : माछापुच्छ्रे बैंकको १५% लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । बैंकले मंसिर १५ मा हुने एजीएममा ९% बोनस सेयर र ६% नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ । यसका लागि माछाले शुक्रबारदेखि बुक क्लोज गर्नेछ । लाभांश सुरक्षित गर्न बुक क्जोज हुनुभन्दा अघि नै सेयरधनी बनिसक्नुपर्ने हुन्छ । बैंकले हालै बिक्री गरेको १२% हकप्रद सेयरपछि कायम हुने चुक्ता पुँजीको ९% बोनस र ६% नगद लाभांश दिन लागेको हो । ९% बोनस सेयर दिइसकेपछि भने चुक्ता पुँजी ८ अर्ब रुपैयाँ भन्दा धेरै पुग्नेछ । यता, कैलाश विकास बैंकले  पनि मंसिर १५ गते साधारण सभा बस्न शुक्रबार नै बुक क्लोज गर्दैछ । सभामा १०% बोनस र ९.४५% नगद लाभंश दिने प्रस्ताव पेस हुनेछ । कैलाशले दिने लाभांश पाउन पनि बिहीबार नै सयरधनी बनिसक्नुपर्नेछ । बिहीबार सेयर किन्ने नयाँ लगानीकर्ताले लाभांश हात पार्न सक्नेछन् भने हाल कायम सेयरधनीले स्वतः लाभांश पाउनेछन् ।
 

Post Your Comment