मेगा र टुरिजमबीच वैशाख ३० देखि एकीकृत कारोबार, मेगा बैंकको मात्र नाम रहने

04 May,2018
  • Merge-short_arrows_2.svg_5_4_2018_12_01_11.png
 नेपाली पैसा 
 
काठमाडौं : मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकको वैशाख ३० गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको छ । २ बैंक एक आपसमा मर्ज हुन लागेका हुन् । मर्जपछि मेगा बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । नेपाल राष्ट्र बैंकले वैशाख ९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले वैशाख १२ गते एकीकृत कारोबार गर्न दुवै बैंकलाई अन्तिम स्वीकृति दिइसकेका छन् । 
 
मर्जपछि टुरिजम डेभलपमेन्ट बैंकको सम्पूर्ण सम्पत्ति र दायित्व अब मेगा बैंकले सकार्नेछ । यसअघि सम्पन्न दुवै बैंकको साधारण सभाले टुरिजम डेभलपमेन्ट बैंकको प्रतिसेयर १०० सेयर बराबर मेगाको ९५ कित्ता कायम हुने गरी सेयर स्वाप अनुपात कायम गरिसकेको छ । अब टुरिजमको १ कित्ता सेयर हुनेले मेगाको ०.९५ कित्ता सेयर पाउनेछन् । 
 
अब टुरिजम बैंकका ग्राहकले आफूसँग रहेको चेक तथा एटिएम कार्ड मेगा बैंकको नाममा प्रतिस्थापन गर्नसक्नेछन् । तर, प्रतिस्थापन नगरेसम्म भने साविकको चेक स्वीकार गरिने मेगा बैंकले जनाएको छ ।

एकीकृत कारोबार लागि बैशाख २८ गते दुबै बैंकले प्रदान गर्ने अतिरिक्त बैंकिङ सेवा तथा २९ गते प्रदान गरिने सार्वजनिक बिदाको काउन्टर सेवा बन्द हुने जनाएका छन् । त्यस्तै टुरिजम्को २८ गतेको नियमित कारोबार पश्चात ३० गतेसम्म एटिएम सेवा पनि बन्द हुने भएको छ । 

 

Post Your Comment