Market Closed

मेगा बैंकको नाफा ५५ करोड, ब्याज आम्दानी राम्रो

10 Aug,2016
  • mega_bank_8_10_2016_1_05_18.jpg
नेपाली पैसा 
काठमाडौं : मेगा बैंकले ५५ करोड २० लाख ३७ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । 
 
बैंकले अघिल्लो आर्थिक वर्षमा जम्मा ३४ करोड ६२ लाख ९६ हजार रूपैयाँमात्र खुद नाफा बुक गर्न सकेको थियो । यसआधारमा आर्थिक वर्ष २०७२–७३ मा बैंकको नाफा २० करोड ५७ लाख ४१ हजार रूपैयाँले बढेको देखिन्छ । 
 
समग्र नाफामा ब्याज आम्दानीको ठूलो हात रहेको छ । किनभने बैंकले खुद ब्याज आम्दानीमात्रै एक अर्ब १२ करोड ५८ लाख ६९ हजार रूपैयाँ कमाएको छ । 
 
निक्षेपमा ब्याजदर अत्यन्त न्यून हुँदा राष्ट्र बैंकले तोकेको स्प्रेड दरभित्र काम गरे पनि बैंकले उल्लेख ब्याज आम्दानी गर्न सकेको हो । 
 
नौ करोड ९० लाख ३३ हजार रूपैयाँ प्रोभिजन गरेको मेगाले १३ करोड ६५ लाख ८९ हजार रूपैयाँ सम्भावित जोखिममा राखेको पैसा राइट ब्याक गर्न सफल भएको छ ।
 
३१ अर्बभन्दा बढी निक्षेप संकलन गर्दा २७ अर्बभन्दा धेरै कर्जा प्रवाह भएको वासलत बैंकले बुधबार सार्वजनिक गरेको हो । 
 
तीन अर्ब २४ करोड पाँच लाख ७५ हजार रूपैयाँ चुक्ता पुँजी भएको मेगाको जगेडा कोषमा ९६ करोड ७४ लाख ६५ हजार रूपैयाँ रहेको छ । 
 
खराब कर्जा घटाउँदै ०.७९ प्रतिशतमा ल्याएको यो बैंकको प्रतिसेयर आम्दानी १७.०४ रूपैयाँ र प्रतिसेयर नेटवर्थ १२९.८५ रूपैयाँ छ ।

मेगा बैंकको चौथौ त्रैमासिक प्रतिवेदन

Post Your Comment